२५ वर्षीया महिलालाई बलात्कारको गरेको आरोपमा प्रहरीले आठराई गाँउपालिका-७ का ५१ वर्षीय भोलानाथ ढकाललाई माघ १८ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०८१ माघ १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व माघ १८ गते इलाका प्रहरी कार्यालय, आठराईमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालका इन्स्पेक्टर विशाल लिम्बूले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ १७ गते गरिएको छ ।