INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ३२ वर्षीय मामाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा माघ १६ गते उजुरी दिएको छ ।

आरोपितले भाञ्जीलाई ०८१ असोज २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहपोखरी गाउँपालिका-६ का २८ वर्षीय मामाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर सञ्जु कार्कीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ १७ गते गरिएको छ ।

पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो