INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयको मुलगेटमा शिक्षकहरूको तालाबन्दी

बहुदरमाई नगरपालिकाका शिक्षकहरूले सामूहिक रूपमा विद्यालयको मुलगेटमा शिक्षकहरूको तालाबन्दी लगाएका छन् । ०८१ साउन महिनादेखि शिक्षकहरूले पाउनुपर्ने तलब भत्ता नपाएको भन्दै नगरपालिका भित्रका सम्पूर्ण विद्यालयको मुल गेटमा तालाबन्दी लगाई साँचो प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझाएका हुन् ।

Photo29012025Parsa1

बहुदरमाई नगरपालिकाको प्रशासकीय अधिकृत महमद शेख मुस्तुपा ०७९ देखि निरन्तर कार्यरत भएको र नियम अनुसार दुई वर्षभन्दा बढी बस्न नपाउने भन्दै मन्त्रालयले सरुवा नगराएको मुख्य कारण देखाई मेयर सिहासन साहले बजेट खर्चको अख्तियारी प्रशासकीय अधिकृतलाई नदिएकोले साउन महिनामा हुनुपर्ने बजेट निकासा नभएको कारण शिक्षकहरूले पाउनुपर्ने तलब भत्ता नपाएको शिक्षक महासङ्घ पर्साका अध्यक्ष तिर्थ राज यादवले बताउनु भयो । उहाँले नगर भित्रका १८ ओटा सामुदायिक विद्यालयका १ सय ९० जना शिक्षकहरूले सामूहिक रूपमा सम्पूर्ण विद्यालयका मुल गेटमा ताल्चा लगाई साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।

अध्यक्ष यादवको नेतृत्वमा १८ ओटा विद्यालयका शिक्षकहरूले सामूहिक रूपमा विद्यालयको मुल गेटमा तालाबन्दी गरी साँचो बुझाएको बहुदरमाई नगरपालिका वडा -३ का अध्यक्ष दिनेश यादवले बताउनु भयो । साउन महिनादेखि १८ ओटा विद्यालयका १ सय ९० जना शिक्षक शिक्षिका, नौ जना स्वास्थ्य चौकिका ४७ जना स्वास्थ्यकर्मी र बहुदरमाई नगरपालिकामा कार्यरत ७५ जना कर्मचारीहरूले तलब भत्ता नपाएको अध्यक्ष यादवको भनाइ छ ।

समयमा तलब भत्ता नपाउँदा पठनपाठनमा समस्या आएको बालबालिकाहरूले पाउने दिवा खाजा खुवाउन नसकिएको र स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टरमा आउने गर्भवती र सुत्केरी गराउन आउने हरिलाई समस्या भएको स्थानीय हिरालाल यादवले बताउनु भयो ।

पटकपटक नगरपालिकाका मेयर सिहासन साह सग लिखित एबम मौखिक रूपमा पहल गर्दा पनि समस्याको समाधान गर्न नखोजीएको र प्रमुख प्रशासकिय अधिकृत र मेयर बिचको विवादको हल नगरेसम्म उक्त समस्या समाधान गर्न नसकिने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी गराउनु भयो ।

Photo29012025Parsa

अन्य

भिडियो