INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेलम्ची नपा-९ का ६४ वर्षीय कान्छा लामालाई माघ १२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले गत असार २ गते बलात्कार गरेको आरोपमा पीडितले पुस २९ गते आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वीरेन्द्रकुमार यादवले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा पुस २९ गते गरिएको थियो ।

अन्य

भिडियो