बलात्कार घटनाका आरोपित मिथिला बिहारी नगरपालिका-१० ठेराका २१ वर्षीय पप्पु मण्डललाई ०८१ माघ ११ गते सहिद नगर नगरपालिका-६ हट्ठीपुरबाट प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितले ०८१ भदौ ६ गते १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ ७ गते उजुरी दिनुभएको थियो । उजुरी पश्चात आरोपित भएका थिए । खोजतलासको क्रममा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनुषाधामका इन्स्पेक्टर गणेश खनालले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ९ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भएको थियो ।