१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मोलुङ गाउँपालिका-५ प्राप्चाका २७ वर्षीय राजु बिकविरूद्ध प्रहरीमा उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ मङ्सिर २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर विजय कार्कीले बताउनु भयो ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ ।
पीडितको बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ ११ गते गरिएको छ ।