२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार गरेको आरोपमा पीडितले ०८१ पुस २९ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका हवल्दार दिनेश गोलेले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण पुस २९ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरियो ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको