१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ताप्लेजुङ, पाथीभरा याङवरक गाउँपालिका-६ थुम्वेदिनका ५२ वर्षीय कुमार राईलाई माघ ५ गते गिरफ्तार गरेको छ ।
बालिकालाई आरोपितले ०८१ माघ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन प्रहरी चौकी,हल्दीबारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णकुमार चन्दले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा माघ ६ गते गरिएको छ ।