INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा बसबरिया गाउँपालिका-३ का २९ वर्षीय शंकर रायविरुद्ध ०८१ माघ ४ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।

पीडित बालिकालाई आरोपित रायले पुस २५ गते बलात्कार प्रयास गरेको पीडित बालिकाकी दाजुले जानकारी दिनुभयो ।

घटनापश्चात आरोपित राय फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ४ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो