INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको घटनाका आरोपित गिरफ्तार

सामाजिक सञ्जालको दुरूपयोग गरी २४ वर्षीया युवतीको चरित्रहत्या गरेको गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका-१७ हाँडीगाउँका २७ वर्षीय अभिनाश प्रधानलाई माघ ३ गते गिरफ्तार गरेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका उपनिर्देशक तथा एसपी दिपकराज अवस्थीले जानकारी दिनु भयो ।

पीडित युवतीसँग फेसबुकमा साथी बनी प्रेम सम्बन्ध भएको र सम्बन्ध बिग्रिए पश्चात् पीडितको अनुहारमा नग्न महिलाको तस्विर जोडी अपशब्द लेखी गालीगलौज गर्नुका साथै म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले आरोपितलाई गिरफ्तार गरेको उपनिर्देशक अवस्थीले जानकार दिनु भयो ।

आरोपित प्रधानलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

अन्य

भिडियो