१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार गरेर अश्लिल भिडियो सामाजिक सञ्जालमा प्रसार गरेपछि घटनाका बारे थाँहा पाएर माघ ३ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडितकी आमाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई माघ ३ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कबिन्द्रसिह बोहराले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।