१७ वर्षीया बालिकालाई माघ ३ गते बलात्कार गरेको आरोपमा प्रहरीले २६ वर्षीय दाजूलाई माघ ३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षाले आरोपितविरुद्ध माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको छ ।
पीडित बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ३ गते मौखिक उजुरी दिएपछि सोही उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दाताराम अधिकारीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ परीक्षण माघ ४ गते पशुपति चौलागाईं स्मृति अस्पताल, चरिकोटमा गरिएको छ ।