१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।
पीडित बालिकालाई आरोपित यादवले धाक धम्की दिई बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको पीडित बालिकाकी दाजुले जानकारी दिनु भयो ।
घटनापश्चात आरोपित यादव फरार भएकोले खोजतलास गरिरहेको इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर रोमन राज आर्यालले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २८ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।