INSEC Online

📅 २०८३ जेष्ठ २१

धरान महानगर प्रमुखका सामाजिक गतिविधि द्वन्द्व बढाउने खालका

नेपाल पत्रकार महासङ्घले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका गतिविधि सामाजिक रूपमा दुरी र द्वन्द्व बढाउने खालका रहेको निष्कर्ष निकालेको छ।

सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन प्रतिवेदनमा समेटिएका विषयहरू सार्वजनिक गर्दै पत्रकार महासङ्घले मेयरका गतिविधिले पछिल्लो समयमा धरानका सञ्चारमाध्यम र प्रशासनिक प्रणालीमा गम्भीर चुनौती उत्पन्न गरेको देखिएको उल्लेख गरेको हो।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यसमितिले सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिडिया मिसनले आफ्नो प्रतिवेदन पेस गरेको छ ।

समाचारको विषयलाई लिएर धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत् स्ट्याटस लेखर धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघलाई ध्यानाकर्षण गराएको उल्लेख छ ।

photo20250113kathmandu

केन्द्रीय सदस्यद्वय कमल रिमाल र शङ्कर खरेल, कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का, जिल्ला शाखा सुनसरीका अध्यक्ष सन्तोष काफ्ले र वरिष्ठ पत्रकार हर्ष सुब्बा संलग्न मिसनले सबै पक्षसँग छलफल गरी तयार पारेको स्थलगत प्रतिवेदनमा का मुख्य बुदाहरु उल्लेख गरिएको छ । सो क्रममा प्राप्त तथ्यहरू उल्लेख गरिएको छ ।

पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको पत्रकार महासङ्घका महासचिव रामप्रसाद दहालले जानकारी दिनु भयो ।

अन्य

भिडियो