INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आराेपित गिरफ्तार

बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपातलका ३ वर्षीया करिष्मा राना र ६ महिने राघवी रानाकाे हत्या गरेकाे आरोपमा आमा २५ वर्षीया पूर्णिमा रानालाई प्रहरीले ०८१ पुस २४ गते गिरफ्तार गरेकाे छ ।

दुवै जना बालिकाहरू पुस २४ गते बिहान आफ्नै घरभित्र मृत अवस्थामा फेला परेपछि अनुसन्धान अधिकृतसहित प्रहरीकाे टाेली घटनास्थलमा पुगेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी केशर न्यौपानेले जानकारी दिनुभयाे । बालिकाहरू आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकाे खबर पाएपछि अनुसन्धान अधिकृतसहितकाे प्रहरी टाेली घटना स्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गर्दा आमाले हत्या गरेकाे स्वीकार गरेको उहाँको भनाइ छ ।

बालिकाहरूको घाँटीमा निलडाम देखिएको छ । शव पाेस्टमार्टमको लागि पुस २४ गते राति मेहेलकुना अस्पताल, सुर्खेतमा लगिएको छ ।

अन्य

भिडियो