INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा जन्मकैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कालिका नगरपालिका-३ का ५५ वर्षीय शोभाखर चापागाईलाई जिल्ला अदालतका न्यायाधीश जयन्ती अवस्थी भट्टको इजलासले पुस २१ गते जन्मकैद सजाय हुने फैसला गरेको छ । साथै चापागाईलाई ७० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

पीडित बालिकालाई ०८० चैत १८ गते बलात्कार गरेको भनी पीडित पक्षले चैत २३ गते इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा उजुरी दिएको थियो । आरोपितलाई चैत २३ गते गिरफ्तार गरेको प्रहरीले जनायो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २३ गते भरतपुर अस्पतालमा गरिएको छ । ०८१ वैशाख १६ गते न्यायधीश निर्मला सुवेदीको इजलासले आरोपितलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको अदालतका सूचना अधिकारी विष्णु आचार्यले बताउनु भयो ।

अन्य

भिडियो