१९ वर्षीया युवतीलाई ०८१ पुस १७ गते बलात्कार प्रयास गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-१३ पिरारीका २१ वर्षीय संजित रायविरुद्ध पुस १९ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको छ ।
जनकपुरधाम उपमहानगरपालिका-१३ स्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको चौरमा पुस १७ गते साथिहरूसँग वनभोज मनाइरहेकी युवतीलाई मदिरा पिलाई बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप रहेको छ ।
पीडित युवतीको स्वास्थ्य परीक्षण पुस १७ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भयो ।
आरोपितलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पुस १७ गते गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर सागर कार्कीले बताउनुभयो ।