INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२२ वर्षीया युवतीलाई ०८१ पुस १७ गते बलात्कार गरेको आरोपमा गणेशमान चारनाथ नगरपालिका-१ का २४ वर्षीय सुजित शाहविरुद्ध पुस १९ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय खौजुरीमा उजुरी दिनुभएको छ ।

सन् २०२५, १ जनवरी नयाँ वर्षको उपलक्ष्यमा जनकनन्दनी गाउँपालिका-५ स्थित झुलङ्गे पुल नजिकै रहेको खुल्ला मैदानमा पीडित साथीहरूसँग वनभोज मनाउन गएकी थइन् । सोही क्रममा पीडित युवती शौच गर्न एक्लै एकान्तमा गएको मौका छोपि अरोपितले बलात्कार गरेको पीडित पक्षले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुष १९ गते प्रादेशिक अस्पताल जनकपुरधाममा  भयो ।

घटनापश्चात आरोपित फरार रहेकोले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय खजुरीका वरिष्ठ हवल्दार गोविन्द चौधरीले जानकारी दिनुभयो ।

अन्य

भिडियो