INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको घटनाका आरोपित कल्याणपुर नगरपालिका-१० का २५ वर्षीय बिनय माझि विरुद्ध पीडितले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ पुस १८ गते उजुरी दिइन् ।

आरोपितले युवतीलाई विभिन्न प्रलोभन दिखाएर ०८० माघ ११ गते बलात्कार गरी गर्भवती बनाइ दुई महिनाको शिशु समेत भएकोले पीडित बताइन् । पीडित युवतीको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा पुस १८ गते भयो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी पञ्चकुमार बाखुले घटना पुरानो भएको र आरोपित विदेशमा भए तापनि पीडितको न्यायको लागि मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाएको बताउनु भयो ।

अन्य

भिडियो