INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रशासनिक भवनमा तालाबन्दी नखुलेपछि सेवा प्रवाहमा समस्या

भेरी नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेपछि सेवा प्रवाह समस्या भएको छ । वडा अध्यक्ष र कार्यपालिका सदस्यले ०८१ पुस १६ गते बिहनदेखि प्रशासनिक भवनमा तालाबन्दी गरेपछि सेवा प्रवाहम समस्या भएको हो ।

Photo02012025Jajarjot

भेरी नगरपालिकाका बहुमत कार्यपालिका सदस्यले कार्यपालिकाको बैठक बस्न नेतृत्वलाई लिखित तथा मौखिक जानकारीको वेवास्था गरी दुई महिनासम्म बैठक बस्न बसाल्न नमानेपछि तालबान्दी गरिएको छ । भेरी नगरपालिका-२ का बिर्खबहादुर कार्कीले प्रशासनिक भवनमा लागेको ताला खोल्ने प्रयास नभएपछि सेवा प्रवाह ठप्प भएकाले नागरिकलाई समस्या भएको छ । पुस १६ गतेदेखि लगएको ताला सरोकारवाला निकायबाट खोल्ने प्रयास नभएपछि नागरिकले सेवा पाउन सकेका छ्रैनन् । भेरी नगरपालिका–३ का गणेश बहादुर थापाले प्रशासनिन भवनमा सिफारिसका लागी पुग्नेपछि सिफारिस नपाउँदा नगरप्रमुख र कार्यपालिका सदस्यको लडाइँले बालबालिकाको भविष्य आन्यौल हुने बताउनु भयो ।

भेरी नगरपालिका-८ का वडा अध्यक्ष वीरबहादुर चन्द र वडा नम्वर १० का वडा अध्यक्ष दलबहादुर रानाको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा गत वर्ष कात्तिक १७ गते गएको भूकम्प धनजनको क्षति वेहोरेका जनताले निर्माण गरेका अस्थायी आवासको दोस्रो किस्ता छिटोछरितो भुक्तानी गर्नुपर्ने, स्वास्थ्य संस्थामा औषधि अभाव भएकाले व्यवस्था गर्नुपर्ने, शिक्षक दरवन्दी मिलान प्रतिवेदन तत्काल कार्यान्वय गर्नुपर्ने, सहरी शासकिय तथा पुर्वाधार आयोजना अन्तर्गत विनियोजन भएका योजनाहरूको समीक्षा, नगरसभाको निर्णय कार्यन्वयन गर्नुपर्ने, भेरी नगरपालिका अन्तर्गत रहेका कर्मचारीले मिसन ८४ को निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जालमा लेखिएका क्रियाकलापको विषयमा कानुनी कारवाही गर्नुपर्ने, भेरी नगरपालिकाको दरबन्दी तेरिजी अनुसारको कर्मचारी तत्काल व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।

भेरी नगरपालिका–८ का वडा अध्यक्ष वीरबहादुर चन्दका अनुसार भेरी नगरपालिकाले स्वइच्छारी गतिविधि गरी जनताको भावना अनुसार काम नगरेपछि तालबन्दी गर्नु परेको बताउनु भयो । स्थानीय सरकार दिने सेवालाई प्रभाकारी बनाउन भूकम्पका कारण घरवारविहिन सर्व साधारणले दोस्रो किस्ता पाउन नसकेको, कार्यपालिकाको बैठक दुई महिनासम्म पनि बस्न नसकेपछि जनताको समस्यालाई कार्यपालिकाको बैठक बसी तत्काल सम्वोधन नगरेसम्म प्रशासकीय भवनमा लगाएका ताला नखुल्ने बताउनु भयो ।

विधि र पद्धतीको कुरा छोडेर व्यक्ति केन्द्रित भएपछि तालाबन्दी गर्नु परेको उहाँको भनाइ छ । उपप्रमुख सहित १२ जना वडा अध्यक्षले तालाबन्दी गरेका हुन् । कार्यपालिका सदस्यलाई वेवास्था गरी जनताको भावना अनुसार गतिविधि सञ्चालन नगरेका कारण प्रशासनकीय भवनको गेटमा तालाबन्दी गरेको वडा अध्यक्ष चन्दले बताउनु भयो । कतिपय स्वास्थ्य संस्थामा औषधि अभावका कारण विरामीले औषिध पाउन सकेका छैनन । कार्यपालिका बैठकको माग गरे पनि सुनुवाई नगरी जनताबाट निर्वाचित जनप्रनिधिको मागलाई बेवास्था गरेपछि तालाबन्दी गर्न बाध्य भएको भेरी नगरपालिका–१० का वडा अध्यक्ष दलबहादुर रानाले बताउनु भयो ।

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तिले सहज रूपमा ताला नखोले बल प्रयोग गरेर भए पनि ताला खोलिने बताउनु भयो । बहुमत कार्यपालिकाका सदस्यले ६ बुँदे माग सम्वोधान भएपछि ताला खोल्ने बताएका छन् ।

अन्य

भिडियो