१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौबिसे गाउँपालिका-२ का २५ वर्षीय मेखबहादुर लिम्बुलाई पुस १५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ पुस ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनालले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १५ गते गरिएको छ ।