३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आठराई गाँउपालिका-५ का ५६ वर्षीय प्रलाद उप्रेतीविरुद्व पुस १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
आरोपितले ०८१ पुस १४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले पुस १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर प्रमोद खड्काले बताउनु भयो ।
पीडित पक्षको उजुरी लगत्तै फरार आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १४ गते गरिएको छ ।