INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा गरेको आरोपमा बुहारी गिरफ्तार

बलेफी गाउँपालिका-५ की ६५ वर्षीया नानीमैया श्रेष्ठलाई  घरको छतबाट खसालिदिएर घरेलु हिंसा गरेको आरोपमा प्रहरीले ३३ वर्षीया बुहारी सबिना श्रेष्ठलाई पुस १० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस ५ गते छतमा घाम तापिरहेको अवस्थमा छतबाट खसालिदिएको पीडित पक्षले आरोप लगाएको छ ।

पीडित महिलाको उपचार चौतारा अस्पतालमा सोही दिन पुस ५ गते उपचारको लागि लगिएकोमा चौतारा अस्पतालमा उपचार हुन नसकेपछि ट्रमा सेन्टर बनेपामा उपचारको लागि लगिएको छ ।

आरोपितविरुद्ध पुस ७ गते पीडितकी छोरीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि ज्यानमार्ने उद्योग शीर्षकमा मुद्दा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशङ्कर यादवले बताउनु भयो ।

अन्य

भिडियो