INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोटेकोशी गाउँपालिका-४ का २९ वर्षीय मानबहादुर विकलाई पुस ९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस २ गते बलात्कार गरेको आरोपमा पीडितको तर्फबाट पीडितकी आमाले पुस ५ गते इलाका प्रहरी कार्यालय, बाह्रविसेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशङ्कर यादवले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस ५ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा गरिएको थियो ।

अन्य

भिडियो