INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

२१  वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले लिसङ्खुपाखर गाउँपालिका–३ का ४१ वर्षीय मानकुमार श्रेष्ठलाई पुस ७ गते १० वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले श्रेष्ठलाई कैद सजायको फैसला गरेको जिल्ला बार इकाइका अध्यक्ष भूपेन्द्रबहादुर थिङले बताउनु भयो ।

पीडित महिलालाई श्रेष्ठले ०८१ साउन २६ गते बलात्कार गरेको आरोपमा पीडितले साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

प्रहरीले श्रेष्ठलाई साउन ३० गते गिरफ्तार गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन २८ गते चौतारा अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो