INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या कसुरमा २५ वर्ष कैद सजायको फैसला

सुनकोशी गाउँपालिका-५ सुनखानीकी ५० वर्षीया डोल्मा तमाङलाई खुकुरी प्रहार गरी हत्या गरेको ठहर गर्दै ५१ वर्षीय पति सोमबहादुर तमाङलाई पुस ५ गते जिल्ला अदालतले २५ वर्ष कैद फैसला गरेको छ ।

न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले तमाङलाई जेल सजायको फैसला गरेको जिल्ला अदालतका श्रेतेदार प्रेमप्रसाद पौडेलले बताउनु भयो ।

डोल्मालार्ई सोमबहादुरले ०८० पुस ९ गते बिहान घाँस काट्न जाने भनेर स्थानीय जङ्गलमा लगेर खुकुरी प्रहार गरी हत्या गरेको पुष्टी भएपछि सजाय सुनाएको प्रहरीले जनाएको छ । जङ्गलमा घाँस काट्न जाँदा जङ्गली जनावरले आक्रमण गरी मारेको भनी सोमबहादुर तमाङले गाउँमा हल्ला गरेपछि स्थानीय तथा आफन्तले पुस १० गते आफ्नो रीति अनुसार दाह संस्कार गरेका थिए ।

शवको पोष्टमार्टम पुस १० गते चौतारा अस्पतालमा गरिएको थियो । पोष्माटमको रिपोर्टमा धारिलो हतियार प्रयोग भएको चिकित्सकले भनेपछि मृतकका भाइले भिनाजूले हत्या गरेको भन्दै ०८० माघ १२ गते जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी दिएका थिए ।

प्रहरीले सोमबहादुरलाई ०८० माघ १३ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतका न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलाशले ०८० फागुन ६ गतेको आदेशले सोमबहादुर पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो