INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

धादिङ जिल्ला गजुरी गाउँपालिका—४ घर भइ चन्द्रागिरी नगरपालिका—१०, सतुङ्गलमा डेरा गरी बस्दै आएकी १७ वर्षीया सरीता तामाङको हत्या गरेको आरोपमा प्रहरीले धादिङको गजुरी गाउँपालिका घर भइ काठमाडौँ महानगरपालिका—१४ खड्का गाउँमा बस्दै आएका २४ वर्षीय विश्वास तामाङलाई पुस ३ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।

मृतकका दाजू नबिन रुम्बाले पुस १ गते आरोपितविरुद्ध हुलियासहितको निवेदन प्रहरी वृत्त थानकोटमा दिनु भएको पनि प्रहरीले जनाएको छ ।

सोही क्रममा प्रहरी परिसर काठमाडौँ तथा मातहत कार्यालयहरूबाट खोजतलास गरी आरोपितलाई फेला पारेको एसपी अधिकारीले बताउनु भयो ।

शवको पोष्टमार्ट पुस ३ गते त्रिविवि शिक्षण अस्पतालमा गरिएको छ । हत्याको कारणबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले बताउनु भएको छ ।

अन्य

भिडियो