INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात वर्ष कैदको फैसला

२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले काठमाडौँको टोखा नपा-५ स्थायी घर भई इन्द्रावती गाउँपालिका-८ मा अस्थायी बसोबास गरी बस्ने २१ वर्षीय विशाल कार्कीलार्ई पुस ३ गते सात वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले सात वर्ष कैदको फैसला गरेको जिल्ला बार इकाइका अध्यक्ष भूपेन्द्रबहादुर थिङले बताउनु भयो ।

पीडितलाई कार्कीले ०८० भदौ ५ गते बलात्कार गरेको भन्दै ०८० चैत १५ गते पीडित पक्षाले इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको उजुरीका आधारमा कार्कीलाई प्रहरीले ०८० चैत १६ गते गिरफ्तार गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण चैत १५ गते प्राथमिक स्वास्थ्य केन्द्र नवलपुरमा गरिएको थियो ।

अन्य

भिडियो