INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउँपालिका-१० का २५ वर्षीय जीवन गेलाङलाई पुस ३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले पुस १ गते चौतारा साँगाचोकगढी नपा-१३ मा जाँदा बलात्कार प्रयास गरेको पीडितको आरोप छ ।

घटना विरुद्ध पीडितले पुस २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख संजिना चौगुठीले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण पुस २ गते चौतारा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो