INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

बोल्न नसक्ने १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका-७ जमुनियाका ५५ वर्षीय गेन कुमार चौधरीविरुद्ध ०८१ पुस २ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिनुभएको छ ।

आरोपितले पुस १ गते पीडित बालिकालाई ललाई फकाई गाउँ नजिकै रहेको धान खेतमा लगि बलात्कार गरेको पीडित पक्षले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २ गते प्रादेशिक अस्पताल जलेश्वरमा भयो ।

उजुरी लगत्तै आरोपितलाई गाउँबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर सूर्य राना मगरले जानकारी दिनुभयो ।

अन्य

भिडियो