१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका-२ का १९ वर्षीय राजु पासवान र पोखरा महानगरपालिका-१३ का १८ वर्षिय सुजन सुनारविरुद्ध ०८१ मङ्सिर २९ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिनुभएको छ ।
आरोपितहरूले मङ्सिर २८ गते घर नजिकै डुलिरहेकी पीडित बालिकालाई बजार घुम्न जाउ भनि ललाई फकाई निगौल नजिकै रहेको इटा भट्टामा लगि बलात्कार गरेको पीडित पक्षले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २९ गते प्रादेशिक अस्पताल जलेश्वरमा भयो ।
उजुरी लगत्तै आरोपितहरूलाई निगौलबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर सूर्य राना मगरले जानकारी दिनुभयो ।