भोजपुरको अरूण गाउँपालिका-६ स्थायी घर भइ धरान उपमहानगरपालिका–२ मा बस्दै आएकी ३७ वर्षीया सम्झना रसाइलीको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीय पति अमृत रसाइलीलाई मङ्सिर २८ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा ०८१ मङ्सिर २८ गते खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको सूचना स्थानीयले इलाका प्रहरी कार्यालय, धरानमा दिएपछि आरोपितलाई घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद तिम्ल्सिनाले बताउनु भयो ।
शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा मङ्सिर २९ गते गरिएको छ । सोही दिन पीडित पक्षले शव बुझी धरान उपमहानगरपालिका-२ मा सद्गत गरेको छ ।