३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कौडेना गाउँपालिका-७ सक्रौलका ३५ वर्षीय भिम भनिने भरोसी राय यादवलाई ०८१ मङ्सिर २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ ।
आरोपितले पीडित महिलालाई ०८१ भदौ २४ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध असोज ६ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएका थिए ।
आरोपितलाई ०८१ मङ्सिर २७ गते गिरफ्तार गरी जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गराई घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
पीडितको स्वास्थ्य परीक्षण असोज ७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको थियो ।