२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का विनोद वलीलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश लालसिंह थापाको ०८१ मङ्सिर २६ गतेको इजलासले दोषी ठहर गर्दै १२ वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।
पीडित महिलालाई वलीले ०८० साउन ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ९ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण साउन ९ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भएको थियो । प्रहरीले वलीलाई ०८० साउन ९ गते गिरफ्तार गरेको थियो ।