INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विर्तामोड नगरपालिका-९ का ५७ वर्षीय ध्रुवकुमार शिवाकोटीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ ।

घरेलु कामदारका रूपमा राखिएकी बालिकालाई यौन शोषण गरेको आरोपमा प्रहरीले शिवाकोटीलाई गिरफ्तार गरेको हो ।

आरोपितले घरेलु कामदारका रूपमा राखेको र पटकपटक यौन शोषण गरेको पीडित बालिकाले अधिकारकर्मीलाई बताएपछि प्रहरीले आरोपितलाई मङ्सिर २४ गते गिरफ्तार गरेको हो ।

बाबुको मृत्यु भएको र आमा दोस्रो विवाह गरी भारतको आसममा बस्दै आएकोमा पीडित बालिका ०८१ मङ्सिर २४ गते काँकडभिट्टा नाका हुँदै आमा भेट्न भारत जाने क्रममा अधिकारकर्मीहरूले सोधपुछ गर्दा यौन शोषणको घटना सार्वजनिक भएको हो ।

घटनाका विषयमा अधिकारकर्मीले जिल्ला प्रहरी कार्यालयमा सूचना दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णकुमार चन्दले बताउनु भयो ।

घटनाका आरोपित ०७४ सालको स्थानीय तहमा निर्वाचनमा निर्वाचित विर्तामोड नगरपालिका पूर्व मेयर भएको डिएसपी चन्दले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा मङ्सिर २४ गते गरिएको छ ।

अन्य

भिडियो