INSEC Online

📅 २०८३ जेष्ठ २१

बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण

बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका  १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ ।

बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी मन्त्रालय, हेविट्याट फर ह्युमानिटी नेपाल र राष्ट्रिय दलित  नेटवर्कको संयुक्त पहलमा घर निर्माण गरी १२ घर मुक्त कमैया परिवारलाई हस्तानतरण गरिएको हो ।

photo20241202kailali (2)

०७३ सालमा लालपुर्जा पाएर घर निर्माण गर्न नसकेका १२ मुक्त कमैया घर परिवारलाई सुरक्षित आवासका लागि घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष मोहन वर्डले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी मन्त्रालयका मन्त्री बिरबहादुर थापाले यस वर्ष पनि मुक्त कमैया, हलिया र मुक्त कम्लहरीहरुको पुनस्र्थापनका लागि बजेट विनियोजन गरेकोले यसैगरी सबैको हातेमालोमा मुक्त कमैयाहरुको पुनर्स्थापना गर्न सहज हुने बताउनु भयो ।

photo20241202kailali (3)

बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले स्थानीय सरकार मुक्त कमैयाहरुको समस्या समाधानका लागि निरन्तर रुपमा पहल गरिरहेको भए पनि मुक्त कमैया हलिया र मुक्त कम्लहरीहरुको पुनर्स्थापनाका लागि सबैको सहयोगको आवश्यकता रहेको बताउनु भयो ।

०७३ सालमा ३२ मुक्त कमैया परिवारलाई भूमिसुधार कार्यालयले लालपुर्जा दिए पनि घर निर्माण गर्न नसकेर ससाना टहरा बनाएर बस्दै आइरहेको भए पनि १२ घर परिवारलाई सुरक्षित आवास भएको र बाँकी २० परिवारका लागि पनि घर निर्माण गरी दिन दानुफँटाका भलन्सा सुजन डगौरो आग्रह गर्नु भयो ।

photo20241202kailali (5)

photo20241202kailali (4)

 

 

अन्य

भिडियो