१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका-४ का १८ वर्षीय छबबहादुर घर्ती विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ मङ्सिर १२ गते उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर २ गते ललाइफकाइ होटलमा लगेर बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षको मौखिक उजुरीका आधारमा घर्तीलाई मङ्सिर १० गते गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ परीक्षण मङ्सिर १० गते गुल्मी अस्पताल, तम्घासमा भयो ।