१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३६ वर्षीय आफन्तलाई प्रहरीले ०८१ मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशव केसीले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १० गते जिल्ला अस्पताल, बिजुवारमा भयो ।