INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय भवन नहुँदा छानोमुनि बालबालिका पठनपाठन गर्न बाध्य !

अपिहिमाल गाउँपालिका–२ सकारस्थित बालविकास कक्षामा अध्ययनरत बालबालिकाहरु चिसो मौसममा छानोमुनि पढ्न बाध्य छन् । सिद्धनाथ आधारभूत विद्यालय दैभात अन्तर्गत सञ्चालनमा रहेको बालविकास कक्षाको लागि भवन निर्माण नहुँदा छानोमुनि पढ्न बाध्य भएका हुन् ।

सकार, दोबाटा र थालाका बालबालिका पढाउन स्थापना गरिएको बालविकास भवनको तस्बिर हेर्दा जो कोहिले पनि विद्यालय भन्न सक्दैनन् । ०६५ सालमा स्थापना भएको बालविकास कक्षामा तत्कालीन अवस्थामा बालबालिका बढि नै थिए ।

विद्यालय नजिक थिएन् । आधारभूत विद्यालय दैभात जान पाँच घण्टा र महादेव मावि घुसा पुग्न तीन घण्टा बढि समय लाग्ने गर्छ । बालबालिका ठूलो उमेर हुँदा मात्रै विद्यालय पढाउनु पर्ने अवस्था भएको बेला सकारमा बालविकास माग गरिएको स्थानीय भुरी धामीले बताउनु भयो  । तर, बालविकासको लागि स्वीकृत दियो । भवन दिएन् । भवन नहुँदा जस्तापाताले घाम पानी छेक्ने गरी बालबालिका राख्नु पर्ने बाध्यता छ ।

photo20241127darchula (2)

‘भवन दिनु पर्‍यो भनेर पहिले पनि मागेकै हु,’ धामीले भन्नुभयो, ‘तर सुनुवाई भएन् । विद्यालय अनुगमन गर्न आए पनि बालविकास भवन बारे कसैको चासो दिएनन् ।’ जसको कारण अहिले पनि बालबालिकाले छानोमुनि पढ्न बाध्य छन् ।

अहिले बालविकास कक्षामा तीन जना मात्रै विद्यार्थी अध्ययनरत रहेको बालविकास सहजकर्ता ललिता कार्कीले बताउनु भयो । एक /  दुई वर्षयता विद्यार्थी सङ्ख्या न्यून हुँदै गएको छ ।

अपिहिमाल गाउँपालिका शिक्षा शाखा प्रमुख बीरेन्द्र साउदले भवन निर्माण किन भएन भन्ने बारे आफूलाई जानकारी नभएको बताउनु भयो ।

विद्यार्थी थोरै भए पनि दैभात अन्तर्गत बालिविकास कक्षा सञ्चालनमा रहको तर पूर्वाधार निार्माणमा चासो नदिएको पाइएको उहाँले बताउनु भयो ।

अन्य

भिडियो