बर्दघाट नगरपालिका-४, बर्दघाटका ३५ वर्षीय विरबहादुर कुमालको हत्या गरेको आरोपमा पत्नी २२ वर्षीया गङ्गा क्षेत्री कुमाललाई प्रहरीले ०८१ मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका कारण पतिलाई कुमालले मङ्सिर १० गते राति घरमै झुण्ड्याएर हत्या गरेको भन्दै पीडित पक्षले मङ्सिर १० गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर दिपेन्द्र बानिँयाले इन्सेकलाई जानकारी दिनुभयो ।
शवको पोष्टमार्टम मङ्सिर १० गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरी परिवारले सोही दिन बुझेको छ ।