INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ का ३५ वर्षीय मनराज तामाङलाई मङ्सिर ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ०८१ कात्तिक १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८१ मङ्सिर ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८१ मङ्सिर ९ गते गरिएको छ ।

अन्य

भिडियो