INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका-१३ का ७२ वर्षीय रुद्र बहादुर खत्रीलाई इलाका प्रहरी कार्यालय लहानले मङ्सिर ९ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई ०८१ असोज १४ गतेदेखि मङ्सिर ३ गतेसम्म बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा मङ्सिर ५ गते उजुरी दिनुभएको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा मङ्सिर ५ गते भयो ।

इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर शिव कट्टेलले घटनपश्चाता फरार रहेका आरोपितलाई उदयपुर प्रहरीको सहयोगमा गिरफ्तार गरी कारबाही प्रकृया अगाडि बढाएको बताउनु भयो ।

अन्य

भिडियो