INSEC Online

📅 २०८३ जेष्ठ २१

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि क्यबद्धता भन्ने नाराका साथ कास्कीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कात्तिक १० गतेदेखि सुरुवात गरिएको छ । इन्सेकलगायतका सङ्घसंस्थाको आयोजनामा पहिलो दिन सचेतनामूलक प्रभातफेरी कार्यक्रम गरिएको छ ।

photo20241125kaski

लैङ्गिक हिंसा अन्त्यका लागि २५ नोभेम्बर देखि १० डिसेम्बर २०२४ (मङ्सिर १० देखि २५ गते) सम्म विभिन्न कार्यक्रम गरी १६ दिने अभियान सञ्चालन गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले लैङ्गिक हिंसा कानुनी रुपमा दण्डनीय भएकाले त्यसको न्यूनीकरणका लागि सचेतनामूलक आवश्यक भएको उहाँले बताउनु भयो । उहाँले कानुनी व्यवस्थाको बारेमा जानकारी नभएरसमेत हिंसाका घटना भएको जानकारी दिनु भयो ।

पोखराको चिप्लेढुङ्गाबाट सुरु भएको र्‍याली न्युरोड हुँदै पोखरा सभागृहमा पुगेर सभामा परिणत भएको सामुदायिक सेवा तथा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले जानकारी दिनु भयो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका डिआइजी दुर्गा सिंहले हरेक व्यक्ति मानव भएर जन्मेपनि पछि समाजले लैङ्गिक रुपमा विभेद गर्ने जानकारी दिनु भयो । उहाँले लैङ्गिक विभेदलाई चिर्न सरोकारवाला सबैको ऐक्याबद्धता आवश्यक भएको उल्लेख गर्नु भयो ।

अन्य

भिडियो