चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मर्चवारी गाउँपालिका–७ स्थायी घरभई बुटवल उपमहानगरपालिका-११ बस्ने ४६ वर्षीय मंगरु प्रसाद थारुलाई प्रहरीले ०८१ मङ्सिर ७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर ६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले मङ्सिर ७ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ७ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।