INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका–१३ का ७२ वर्षीय रुद्र बहादुर खत्रीविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा ०८१ मङ्सिर ५ गते उजुरी दिनुभएको छ ।

आरोपितले बालिकालाई ०८१ असोज १४ गतेदेखि मङ्सिर ३ गतेसम्म बलात्कार गरेकोले कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा मङ्सिर ५ गते भयो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु प्रसाद सोतीका अनुसार आरोपित फरार रहेकोले खोज तलास भइरहेको छ ।

अन्य

भिडियो