INSEC Online

📅 २०८३ जेष्ठ २१

सिडको छायाँ प्रतिवेदन उपर राष्ट्रिय परामर्श

संयुक्त राष्ट्रसङ्घीय महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) को सातौँ प्रतिवेदन उपर छायाँ प्रतिवेदनसम्बन्धी राष्ट्रियपरामर्श गोष्ठी काठमाडौँमा मङ्सिर ६ गते सम्पन्न भएको छ ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर सुडीले महिलाको अधिकार संरक्षण र प्रचलनका लागि सरकारले प्रगतिशील काम गरिरहेको बताउनु भयो ।

मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको सिड कमिटीको सचिवालय बियोण्ड बेइजिङ कमिटी र सदस्य महिला कानुन र विकास मञ्चको संयोजनमा १ सयभन्दा बढी नागरिक संस्थाको तर्फबाट तयार पारिएको छायाँ प्रतिवेदनमाथि छलफल गरिएको हो ।

सिडको ८९ औँ सत्रमा सन् २०२५ को फेब्रुअरीमा संयुक्त राष्ट्रसङ्घिय सिड कमिटीमा सुनुवाइ हुने कार्यक्रम रहेको मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रकी फोकल पर्सन सम्झा श्रेष्ठले जानकारी दिनु भयो ।

अन्य

भिडियो