INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

दुल्लू नगरपालिका–१३, मालिकाको खडिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामीको ‘बोक्सी’ भन्दै हँसिया प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका ४३ वर्षीय भुवनसिंह विकलाई प्रहरीले ०८१ मङ्सिर ६ गते गिरफ्तार गरेको छ ।

धामी समेत रहेको कर्णबहादुरलाई ‘बोक्सी’ लगाई बिरामी पारेको भन्दै मङ्सिर ५ गते साँझ आरोपितले हँसिया प्रहार गरी हत्या गरेको भन्दै पीडित पक्षले मङ्सिर ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । घटनाका आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् इन्स्पेक्टर लालबहादुर सुनारले बताउनु भयो ।

शवको पोष्टमार्टम मङ्सिर ६ गते दुल्लू अस्पतालमा भयो । पीडित पक्षले मङ्सिर ६ गते शव बुझी सोही दिन दाहसंस्कार गरेका छन् ।

अन्य

भिडियो