INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेलम्बु गाउँपालिका–१ का ४५ वर्षीय निमार्नोवु तामाङलाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर ३ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर भगवती तिमल्सिनाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ३ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको छ ।

अन्य

भिडियो