६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा उनका १५ वर्षीय दाजुलाई ०८१ मङ्सिर ५ गते १९ दिन कैद सजायको फैसला भएको छ ।
जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशले गरेको फैसला अनुसार आरोपितले कैद सजायका साथै ७५ हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने र फौजदारी कसुर पीडित राहत कोषमा २ सय रुपिँया जम्मा गर्नुपर्ने भएको अदालतका श्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो ।
बालिकालाई आरोपितले ०८० असोज २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध ०८० असोज ३० गते इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०८० असोज ३० गते घरबाट गिरफ्तार गरेको थियो । जिल्ला अदालतमा ०८० कात्तिक १७ गते मुद्दा अभियोजन भएकोमा जिल्ला न्यायाधीश दिपककुमार खरेलको ईजलाशले आरोपितलाई कात्तिक १९ गते संरक्षकको जिम्मा लगाउने आदेश दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० असोज ३० गते गरिएको थियो ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको