१७ वर्षीया बालिकाले बटेश्वर गाउँपालिका-३ का २१ वर्षीय विशाल कुमार महतोविरुद्ध ०८१ मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गत रहेको सूचना सङ्कलन शाखामा उजुरी दर्ता गराउनु भएको छ ।
आरोपितले समाजिक सञ्जाल टिकटक तथा फेसबुकमा गलत मनसायले “म लगायत मेरो परिवारजनहरूको तस्विर अपलोड गरी अश्लिल गीत तथा अपशब्दहरू प्रयोग गरी ब्ल्याकमेल गर्नुका साथै उक्त टिकटकमा मैले मेसेज गरी यस्तो किन गरेको भनी प्रश्न गर्दा शारीरिक सम्बन्ध राख्न चाहेको प्रतिक्रिया आएको र अस्वीकार गर्दा अझ अपमानजनक फोटो र भिडियो अपलोड गर्ने धम्की आरोपितले दिएको”-पीडितले बताउनु भयाे । यसले मेरो व्यक्तिगत प्रतिष्ठा र सामाजिक मर्यादामा समस्या पुर्याएको छ, जसले गर्दा म र मेरो परिवारलाई निकै पीडा भोग्नु परिरहेको पीडित बालिकाले बताउनु भयाे ।
यस विषयमा विशेष अनुसन्धान भइरहेको सूचना सङ्कलन शाखाका वरिष्ठ हवलदार सन्तोष चौधरीले जानकारी दिनुभयो ।